ChannelNp Logo

अष्ट्रेलियाको अन्तिम एपिसोड– २६ लाख भेटाएर फिर्ता दिने इमान्दर नरेशदेखि शेष घले, डा.कुमुद धिताल लगाएतको सफल कथा (भिडियो)

प्रकाशित मिति : Sunday, June 2nd, 2019 at 12:02 AM



काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३८६ औं एपिसोडलाई अष्ट्रेलियाको पर्थबाट प्रत्यक्ष प्रसारण गरिएको छ । कार्यक्रमको आजको एपिसोडमा पनि विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै विभिन्न विषयमा विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानीसमेत गरिएको छ ।

आजको एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. भाडाको निहुमा महिला यात्रुमाथि हातपात गर्ने मुर्ख चालक (अपडेट) : काठमाडौं । सार्वजनिक यातायात सुरक्षित छैनन् भन्ने कुरा पटक–पटक दोहोरिदै आएका दुव्र्यवहारका घटनाले देखाइरहेको छ । शुक्रबार पुनः महेन्द्रगरमा सवारी चालकले बिच सडकमै महिलामाथि निर्घात कुटपिट गरेका छन् । धनगढीबाट से १ ज १०९४ नम्बरको गाडीमा महेन्द्रगर चोक पुगेकी धनगढी उपमहानगरपालिका २८ की लक्ष्मी धनाढीमाथि गाडी चालक गोकुल बोहराले भाडा कम दिएको भन्दै कुटपिट गरेका हुन् ।

२. सरकारी स्वामित्वको औद्योगिक क्षेत्रमै २० महिनादेखि अबैधानिक उद्योग ! : हेटौंडा । नेपाल सरकारको स्वामित्व रहेको हेटौंडा औद्योगिक क्षेत्र भित्र भारतीय लगानीको आरएम केमिकल्स प्रालि विना स्विकृत उद्योग सञ्चालन भइरहेको तथ्य फेला परेको छ । कुनै पनि उद्योग सञ्चालन पूर्व उद्योगको वातावरण प्रभाव मूल्यांकन गरी उद्योग विभागमा दर्ता गरी अनुमति लिनुपर्ने हुन्छ । तर, हेटौंडा औद्योगिक क्षेत्रमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभरको प्रोडक्ट गर्दै आएको आरएम केमिकल्स प्रालि नेपालमा कतै दर्ता नै नगरी २० महिनादेखि साबु, सर्फ, सेम्पो, तेल लगाएत उत्पादन गर्दै आएको रहस्य खुलेको छ ।

३. यी हुन् अष्ट्रेलियामा रहेका उदाहरणीय नेपालीहरु : अष्ट्रेलिया । अष्ट्रेलिया पुगेर त्यहाँको सुख दुखबाट आफूलाई अब्बल बनाउने नेपालीको सूची पनि लामो छ ।

– शेष घले र जमुना घलेः आफ्नो काम, दाम र इमानले नेपाल र नेपालीको पहिचान विश्वभर पु¥याउने नेपालीहरु मध्य शेष घले र जमुना घले दम्पती एक हुन् । १९९० मा अष्ट्रेलिया पुगेका घले दम्पत्तिको अहिले व्यापार व्यवसायबाट मात्रै १.१ अर्ब डलर सम्पत्तिका मालिका बनेका छन् । अध्ययनसँग–सँगै स–साना जागिरबाट अष्ट्रेलियामा व्यवसायिक जीवन सुरु गरेका उनीहरुले अहिले मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी एमआइटी सञ्चालन गरिरहेका छन्, भने विभिन्न रियल स्टेट, होटलमा व्यवसाय गरिरहेका छन् ।