ChannelNp Logo

सारेगमपमा नेपाली बाल प्रतिभाको धमाका, आयुष र प्रितम पुगे फाइनलमा (भिडियो)

प्रकाशित मिति : Monday, June 3rd, 2019 at 9:49 PM



काठमाडौं : भारतीय गायन रियालिटी सो सारेगमपमा नेपाली बाल प्रतिभाले धमाका मच्चाएका छन् । नेपाली बाल गायक आयुष केसी र प्रितम आचार्य सारेगमपको फाइनलमा प्रवेश गरेका हुन् । फाइनलमा ६ जना प्रतिस्पर्धीबीच गायन प्रति स्पर्धा हुनेछ । आयुष भक्तपुरका हुन भने प्रितम इटहरीका हुन्। जी टिभीमार्फत प्रत्येक हप्ताको शनिबार र आइतबार सारेगमप प्रसारण हुने गर्दछ।

यहाँ भारतका चर्चित गायक तथा संगीत कार निर्णायकको भूमिकामा छन् । आयुषले यसहप्ता ‘तुम मिले’ भन्ने गीत गाएका थिए भने प्रितमले ‘तडप तडप के इस दिलसे’ भन्ने गीत गाएका थिए। दुवैको गीतमा निर्णायकले सत प्रति शत स्कोर दिएका थिए । दुवैले स्ट्यान्डिङ ओभियसन पाएका थिए। आयुष र प्रितमले गीत गाइसकेपछि निर्णायकहरु दुवैलाई अंकमाल गर्न स्टेजमै पुगेका थिए ।

समान १२–१२ वर्ष पुगेका आयुष र प्रितम नेपाली गायन कार्यक्रम सुरसाला आइडलका क्रमश विजेता र उपविजेता समेत हुन्। सुरसालामा कडा प्रतिस्पर्धामा उत्रेका दुवै हाल सारेगमपमा समेत कडा प्रतिस्पर्धामा उत्रिएका छन् । दुवैले भारतीय बाल गायकलाई कडा टक्कर दिइरहेका छन्। सन् २००० अर्थात् १९ वर्ष अगाडि श्रेया घोसाल सारेगमपकी विजेता बनेकी थिइन्।