ChannelNp Logo

नेहा कक्करको लाईभ प्रस्तुती कहाँ र कहिले ?

प्रकाशित मिति : Tuesday, June 4th, 2019 at 8:30 AM



भारतकी चर्चित गायिका नेहा कक्करले काठमाडौंमा लाइभ प्रस्तुती गर्ने भएकी छिन् । उनले ठमेलस्थित लर्ड अफ ड्रिङ्स (एलओडी) मा आफ्नो प्रस्तुति दिँदैछिन् । यसका लागि अन्य सदस्य नेपाल आउँदै गरेपनि नेहा भने आफ्नो टोलीसहित २४ गते शुक्रबार काठमाडौं आइपुग्नेछिन् ।

‘नेहा कक्कर लाइभ’ नाम दिइएको उक्त प्रस्तुतिमा उनले आफ्ना चर्चित गीतहरु सुनाउनेछिन् । जेठ २५ गते हुने कार्यक्रमका लागि टिकट बुकिङ लगायतका काम भइरहेको छ । पारामाउन्ट ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको प्रस्तुति साँझ ८ बजेदेखि मध्यरातसम्म चल्नेछ । नेहाले ठमेलस्थित लर्ड अफ द ड्रिङ्स (एलओडी)मा प्रस्तुती दिन आफु नेपाल आउन लागेको भन्दै युटुवमार्फत जानकारी समेत गराएकी छन् ।

पर्यटन बर्ष २०२० लाई लक्षित गरेर नेहा र इन्डियन आइडलका टप टेन टिमलार्ई नेपाल ल्याउन लागेको पारामाउण्ट इन्टरटनमेन्टका संचालक दिपक घिमिरेले बताए । ‘युवामाझ निकै लोकप्रिय रहेकी नेहाको नेपाल आगमनले भारतमा नेपालको विषयमा उल्लखनिय प्रचार हुने घिमिरे बताउँछन् । २५ सय दर्शक क्षमता रहेको एलओडी अत्याधुनिक प्रविधियुक्त रहेको एलओडीका सदस्य समेत रहेको संचालक घिमिरे बताउँछन् ।

पछिल्लो समय नेहाको आँख मारे, काला चस्मा, लन्डन ठुमकरा, दिलबर लगायतका गीतहरु नेपालमा समेत लोकप्रिय रहेका छन् । इन्डियन आइडल सिजन–२ मा प्रतिस्पर्धा गरेकी नेहाले इन्डियन आइडलको १० औं संस्करणमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । उनले जिटिभिको सारेगमपा लिटिल च्याम्पसमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी छन् ।