ChannelNp Logo

नेता झलनाथ खनाल बेरोजगार

प्रकाशित मिति : Saturday, June 8th, 2019 at 8:22 AM



खोटाङ । नेकपा नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई पार्टी एकीकरणपछि नेता तथा कार्यकर्ताले काम नपाएको बताएका छन् । खनालले शुक्रबार साँझ नेकपा खोटाङ पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भने, ‘म नै बेरोजगार छु । वर्ष दिनयता मलाई पार्टीले केही जिम्मेवारी दिएको छैन । वर्ष दिनको निष्क्रियताले कार्यकर्तामा खिया लागेको हुनसक्छ । कुनै न कुनै हिसाबले गलत चिन्तनले घर गरेको हुन सक्छ । त्यसमा हामीले धोईपखाली गर्नुपर्छ ।’

पार्टी एकताका क्रममा तल्ला कमिटीलाई तत्काल विघटन गर्दा प्राविधिक कमजोरी भएको भन्दै नेता खनालले वर्ष दिनसम्म नेकपाका आठ लाख सदस्य कामबिहीन बनेको बताए । उनले सिद्धान्त, क्रान्ति, पार्टी, जनता र आफैंप्रति विश्वास गर्न नेकपाका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । आजको नागरिक दैनिकमा खबर छ ।