ChannelNp Logo

लेटाङको लाख डाँडामा माइली पाथिभरा मन्दिर उतपती

प्रकाशित मिति : Sunday, June 9th, 2019 at 11:32 AM



लेटाङ । उत्तरी मोरङको लेटाङ नगरपालिका– १ लाखगाउँ डाडाँमा माइली पाथिभरा माताको मन्दिर शिलान्यास गरिएको छ ।

लेटाङ नगरपालिकाका मेयर शंकर राईले शनिवार मन्दिरको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै मेयर राइले लेटाङ नगरपालिकामा रहेका धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण गरिरहेको बताए । राईले धार्मिक पर्यटन विकास गर्न यस क्षेत्रका स्थानियको ठुलो भुमिका रहेको उल्लेख गर्दै मन्दिर परिसरमा तारवार वा कम्पाउण्ड वाल निर्माण र मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

राइले सांस्कृतिक संरचनाहरुको दिगो संरक्षणमा जुट्ने स्थानीयवासीको खुलेर प्रशंसा समेत गरेका थिए । उनले लेटाङमा रहेको राजारानी, कुलाहाङ् झरना र पाथिभरा माता रहेको स्थानलाई प्रचारप्रसार गर्न र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागि पर्ने बताए ।

लाख गाउँको एकवारी सामुदायीक बनको चुरे थुम्कोमा रहेको मनमोहक क्षेत्रमा ९ तल्ले पाथिभरा माताको मन्दिर बनाउने स्थानियको लक्ष्य रहेको छ । मन्दिर ब्यवस्थापन समितिका सल्लाहकार ललित तामाङले सो स्थान पहिले पनि धार्मिक स्थलको रुपमा चर्चित रहेको जानकारी दिए । स्थानीय दिलबहादुर लिम्बु ९सुर्य० को अध्यक्षतामा मन्दिर ब्यवस्थापन र पुजाआजा कार्यक्रम तथा ब्यवस्थापनको काम समेत थालिएको छ ।

बेतना दैनीक बाट साभार