ChannelNp Logo

नेयमारलाई बलत्कारको आरोप लगाउने सँगको अन्तरवार्ता (भिडियोमा हेर्नुहोस)

प्रकाशित मिति : Monday, June 10th, 2019 at 5:02 PM



चर्चित फुटबल खेलाडी नेयमारले आफूलाई बलात्कार गरेको आरोप लगाएकी एक महिलाले सो विषयमा अन्तर्वार्ता दिएकी छन्।

गत शुक्रवार नेयमारविरुद्ध उजुरी दर्ता गरेकी नाजिला त्रिन्दाजीले टेलिभिजन च्यानल एसबीटी ब्रसिललाई मे १५ मा प्यारिसको होटलमा आफूमाथि कुटपिट र बलात्कार भएको दाबी गरिन्।

महिलाले अन्तर्वार्तामा के भनिन्रु

त्रिन्दाजीले आफू नेमारप्रति आकर्षित भएको र उनीसँग सम्भोग गर्ने इच्छा भएको स्वीकारेकी छन्।

आफूलाई विमानबाट प्यारिस पुर्‍याइएको र त्यहाँ नेमारकै खर्चमा एउटा होटलमा राखिएको पनि उनले दाबी गरिन्।

त्रिन्दाजीले आफू एउटा “सामान्य मोडल र इन्टिरियर डिजाइन विषयकी विद्यार्थी” र एउटी “छोरी र आमा” भएको बताएकी छन्।

अन्तर्वार्ताका क्रममा उक्त घटना कुटपिट वा बलात्कार के थियो भनी सोधिएको प्रश्नको उत्तर दिँदै त्रिन्दाजीले भनिन्, “त्यो कुटपिट र बलात्कार दुवै थियो।(”नेपाल आइज अनलाईनबाट साभार )