ChannelNp Logo

अशोक दर्जीले गर्लफ्रेन्डलाई बाइकमा बोकेपछि

प्रकाशित मिति : Tuesday, June 11th, 2019 at 8:20 AM



न विनाको धन ठूलो कि…’ गीतबाट एकाएक चर्चामा आएका बाल गायक अशोक दर्जी पहिलो पटक म्युजिक भिडियोमा देखिने भएका छन् ।

गायक तथा संगीतकार टंक बुढाथोकीको स्वर रहेको सिम्पल डिम्पल बोलको गीतको म्युजिक भिडियोकोमा उनी देखिन थालेका हुन् । गीतको छायांकन हालै सम्पन्न भएको हो । भिडियो केही दिनमा सार्वजनिक हुने भएको छ ।

गीतको म्यूजिक भिडियो सार्वजनिक हुनु अगावै सुटिङ स्थलका क्लिपहरुबाटै उनको चर्चा हुन थालेको छ । भिडियोमा अशोक दर्जी र ए आर बुढाथोकी, एल्भिना, दीक्षा लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । जहाँ अशोक दर्जीले बाइकको पछि केटी राखेर हुइँकिएको देखाइएको छ ।

पूर्वी नेपालका विभिन्न ठाउँमा बाटोमा बसेर गीत गाउँदै आएका दर्जीका गीत युट्युवमा भाइरल बनेपछि उनको उद्धार गरी गायक तथा संगीतकार बुढाथोकीले आफ्नो संरक्षणमा राखेका छन् ।
खबर हव हनलाइनबाट साभार