ChannelNp Logo

यी हुन् बालिका बलात्कार गर्ने पूर्वप्रहरी राजु खरेल,जेल चलान

प्रकाशित मिति : Wednesday, June 12th, 2019 at 2:42 PM



सात वर्षीया बालिका बलात्कार गर्ने तिनकुनेका पूर्व प्रहरी राजु खरेल जेल चलान भएका छन । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी राजु ९भुवन० खरेललाई पुर्पक्षका लागि थुनामा राख्न सोमबार आदेश दिएको हो । घरमा काम गर्ने रामेछापकी माझी थरकी महिलाकी ७ वर्षीया छोरीलाई बलात्कार गरेर खरेल फरार भएका थिए ।


परिवारका सदस्यले खरेलले बलात्कार गरेको विषय जानकारी पाएर क्रस्चियन धर्मको आडामा बलात्कारको घटना गुपचुप मिलाउने गरेको कोशिश असफल भएपछि उनी फरार भएका थिए । उनी भागेर पनि धेरै टाढा जान सकेनन् कञ्चनपुरबाट प्रहरीले पक्राउ गरेर ल्यायो । खरेलले कर्तुत स्वीकार गरेका छन भने उनको परिवारले आरोप अस्वीकार गर्दै आएको छ ।

अदालतको आदेशपछि खरेललाई केन्द्रीय कारागार, जगन्नाथदेवल चलान गरिएको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्ले जानकारी दिएका छन । खरेलविरुद्ध १८ वैशाखमा बालिकाकी आमाले किटानी जाहेरी दिएकी थिइन् ।