ChannelNp Logo

अचार बेचेर विद्यार्थीलाई स्टेशनरी र प्याड

प्रकाशित मिति : Saturday, June 22nd, 2019 at 9:15 AM



झापा ७ असार
झापाको बिर्तामोडस्थित हुमन्स रुम रिलाटेडले एक सामुदायिक विद्यालयलाई सिनेटरी प्याड र स्टेशनरी निःशुल्क बितरण गरेको छ ।
सो संस्थाले कनकाई–२ स्थित जानकी आधारभुत विद्यालयमा शुक्रबार एक कार्यक्रम आयोजना गरी ती सामग्री बितरण गरेको हो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि ती सामग्री बितरण गरिएको संस्थाकी सदस्य करिनाले पौडलले जानकारी दिइन् ।

स्वदेश तथा विदेशमा रहेका नेपाली युवाहरुको सक्रियतामा गठित सो संस्थाले ती सामग्री बितरण गरेको हो । संस्थामा आबद्ध सदस्यहरुले अष्ट्रेलियामा अचार बिक्री गरेर संकलित रकमबाट ती सामग्री खरिद गरी विद्यालयलाई प्रदान गरेका हुन् । अष्ट्रेलियामा मुलाको अचार बिक्री गरेर रकम संकलन गरिएको पौडलले बताइन् ।

 

ती सामग्री विद्यालयमा अध्ययनरत विपन्न समुदायका बालबालिकाहरुलाई बितरण गरिने प्रधानाध्यापक अम्बिका सुवेदिले बताए । सो कार्यक्रममा बोल्दै विद्यालयका प्रधानााध्यापक अम्बिका सुवेदीले यस्तो सहयोग सबै बिद्यालयमा आवश्यक रहेको र सधँै यस्तै परोपकारी कार्य गरी सबैको मन जित्न अनुरोध गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

परोपकारी कार्य गर्दै आएको यस सस्थाले आगामी दिनमा गरिव तथा पढ्न नपाएका बालबालिकालाई पढाउने लक्ष्य लिएको बताइएको छ ।