ChannelNp Logo

बुबा बन्न मान्दै मानेनन् राजेश हमाल

प्रकाशित मिति : Saturday, June 22nd, 2019 at 12:03 PM



राजेश हमालको काम र नाम लाई नचिन्न्ो मानिस सायद कम्तिनै होलान लामो समय देखि चलचीत्र क्षेत्रमा उदाएका हमालले अहिले पछिल्लो पटक भने प्रेम गीत ३ लाई लिएर चर्चामा आएका थिए । जुन फिल्ममा उनले प्रदिप खड्काको बुवाको भुमिकामा काम गर्नु पर्ने थियो । उनलाई फकाउन निर्माण टिमले निकै कसरत पनि ग¥यो तर महानायक अन्तत प्रेम गीत ३ मा नजोडिने भएका छन् ।

महानायकले फिल्मको स्क्रिप्ट पनि मन पराएका थिए । उनले बुवाको रोल भन्दा प्रदिपको दाईको भुमिकामा काम गर्न खोजेपछि उनी फिल्ममा नखेल्ने भएका हुन् । नायकहरुले बुवाको भुमिका गरे त्यस्तै भुमिकामात्र आउने या भनौँ आफनो स्टारडम घटछ भन्ने मानसिकता पालेको देखिन्छ । वास्तविक जीवनमा पनि बुवा बन्न नखोजिरहेका महानायकले पर्दामा पनि बुवा बन्न चाहेनन् ।