ChannelNp Logo

चलचित्र ‘आप्पा’ हेरेपछि भिटेनले के भने ?

प्रकाशित मिति : Friday, June 28th, 2019 at 1:17 PM



र्‍यापर समीर घिसिङ ‘भिटेन’ ले आफूलाई चलचित्र ‘आप्पा’ ले मन छोएको बताएका छन । बिहीवार भएको ‘आप्पा’ को प्रिमियरमा कलाकारसँगै बसेर फिल्म हेरेका भिटेनले यो फिल्मले बाबुका रुपमा सोच्ने बनाएको बताए ।

केही समयअघि ‘यस्तै त हो नि ब्रो’ गीत सार्वजनिक गरेर चर्चामा रहेका भिटेनले फिल्म हेरेपछि आफूलाई ‘आप्पा’ को क्यारेक्टर बुबाको झैँ लागेको बताए । उनले फिल्ममा आत्मा भएको र कति कुराले भित्रैदेखि छोएको भन्दै फिल्मको तारिफ गरे । उनले भने, ‘फिल्ममा आत्मा छ, बाबुका बारेमा बुझाउन खोजेको छ, म यस्तो कुरा हरेक दिन महसुस गर्छु ।’

साथै उनले आफ्नो बुबालाई आफूले अझैसम्म बुझ्न नसकेको धारणा राखे । फिल्म हेरेर आफूले धेरै कुरा महसुस गरेको र यस्तो फिल्म बन्नुपर्ने उनको भनाइ थियो । ‘मैले नै मेरो बाबुलाई बुझेको छैन होला, म यस्तो कुरा हरेक दिन फिल गर्छु,’ उनले भने ।

अनमोल गुरुङको निर्देशनमा बनेको यो फिल्ममा सिद्धार्थ राज तामाङ, एल्लोना काबो लेप्चा दयाहाङ राई, अरुणा कार्की लगायतका कलाकारको शीर्ष भूमिका छ । प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो ।

बाबुछोराको सम्बन्धको कथामा निर्माण गरिएको यो फिल्म शुक्रवार (आज) देखि प्रदर्शनमा आएको छ ।