ChannelNp Logo

यस्तो रह्यो रेणु दाहालको धान दिवस

प्रकाशित मिति : Sunday, June 30th, 2019 at 8:09 PM



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पनि धान दिवस मनाएकी छिन् ।

मेयर दाहालले भरतपुरमा खेतमा रोपाईं गरेर धान दिवस मनाएकी हुन् । बाजागाजासहितको समूहमा मेयर दाहालले धान रोपिन् । हरेक असार १५ का दिन धान दिवस मनाइने परम्परा अनुसार मुलुकभर धान दिवस मनाइएको हो ।

त्यसो त आजका दिन मन्त्रीदेखि कलाकारसम्म खेतमा धान रोप्न पुगेका थिए । डा. बाबुराम भट्टराईले समेत गोरखामा होलो जोतेरे धान दिवस मनाएका छन् ।