ChannelNp Logo

ट्रम्पलाई ‘असक्षम’ भनेपछि बेलायती राजदुतको यो हालत

प्रकाशित मिति : Tuesday, July 9th, 2019 at 12:15 PM



वाशिङटनका लागि बेलायती राजदूत रहेका सर किम डार्कप्रति संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प आक्रामक बनेका छन् । ट्वीटमार्फत् प्रतिक्रिया जनाउँदै ट्रम्पले अब आफुहरु सर किम डार्कसँग व्यवहार नगर्ने बताएका छन् ।

सर किम डार्कको इमेल आइतबार लिक भएर बाहिरीएको थियो । सो इमेलमा सर किम डार्कले ‘ट्रम्प प्रशासन निष्प्रभावी र अक्षम’ रहेको आरोप लगाएको देखिएको थियो । त्यसपछि आक्रोशित बनेका ट्रम्पले अहिले बेलायती प्रधानमन्त्री टरिजा मेकोसमेत आलोचना गरेका छन् ।

उनले बेलायतले नयाँ प्रधानमन्त्री पाउनु सुखद रहेको भन्दै ती राजदूतलाई समर्थन गरेकोमा मेप्रति पनि आक्रोश पाेखेका हुन् । ट्रम्पले मेले ब्रेक्जिट मामिला भद्रगोल बनाएको समेत अाराेप लगाएका छन् । श्रृखलावद्ध ट्विट गर्दै प्रतिक्रया दिइरहेका ट्रम्पले राजदुतलाई बेलायतमा ‘राम्रोसँग नपालिएको’ भनेका छन् ।

यो विषयले चर्काे रुप लिएपछि अब बेलायती राजदुत फेरिन सक्ने देखिएको छ । यद्यपी सर सम्मानित व्यक्ति किम बेलायती प्रधानमन्त्री मेको राजीनामा भइसकेका कारण आफै पनि राजीनामा दिन सक्ने बीबीसीका एक कूटनीतिक संवाददाताले जनाएका छन् ।