ChannelNp Logo

मोदीलाई ट्रक्पको डरलाग्दो चेतावनी

प्रकाशित मिति : Thursday, July 11th, 2019 at 6:47 AM



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिलाई लिएर चेतावनी दिएका छन् । उनले ट्वीट गर्दै अमेरिकी उत्पादनमा भारतको तर्फबाट लगाइने भारी कर अब स्वीकार्य नहुने जनाएका छन् ।

उनले आगामी दिनमा भारतविरुद्ध कुनै कदम चाल्न सक्ने ट्वीटद्वारा संकेत गरेका छन् । ट्रम्पको ट्वीटमा भनिएको छ,‘‘भारतले लामो समयदेखि अमेरिकी उत्पादनमा कर लगाइरहेको छ । अब यो स्वीकार्य छैन ।’’

गएको जुन महिनाको शुरुमा जी २०को बैठकको ठीक अगाडि अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै भारतले २८ वटा अमेरिकी उत्पादनमाथि लगाएको कर फिर्ता लिनुपर्ने जनाएका थिए ।

यसबारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्पबीच जापानको ओशाकामा भएको जी २० बैठकमा पनि कुराकानी भएको जनाइएको छ । तर, समस्या समाधान भएको छैन । यही बेलामा ट्रम्पले ट्वीट आएको हो ।