ChannelNp Logo

डा. केसीले दिए चेतावनी

प्रकाशित मिति : Thursday, July 11th, 2019 at 4:26 PM



चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा योग्य व्यक्ति ल्याउन माग गरेका छन् ।

बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै उनले नियुक्ति चित्तबुझ्दो नभए आन्दोलनमा जाने चेतावनी दिए ।

आयोगको उपाध्यक्ष चयनका लागि अवलम्बन गरिएको प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै डा. केसीले जारी प्रक्रिया रोकेर नयाँ प्रक्रिया सुरु गर्न पनि माग गरे ।

डा. केसीले ‘माफियामुखी चिकित्सा शिक्षा ऐन’मा आफू सहमत नरहेको भन्दै त्यसविरुद्धको आफ्नो लडाइँ जारी रहेको पनि बताए ।