ChannelNp Logo

जनताको करबाट नगरपालिकाको ‘दारु पार्टी’, दारु पिएर नाचगान सहित खुसियाली (भिडियो सहित)

प्रकाशित मिति : Thursday, July 11th, 2019 at 9:58 PM



काठमाडौ। आफ्नै मोजमस्ती र विलासी जिवनका कारण जनप्रतिनिधिहरु आलोचित बन्दै गएका छन। जनप्रतिनिधि भएर जनताका काम गर्नुभन्दा पनि मोजमस्तीमा रमाएकाहरु पनि यो समाजमा छन। हुँदाहुँदा सरकारको ब्यानर अगाडी राखेर दारुपार्टीमा मस्ती गरिरहेका जनप्रतिनिधिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । दमौलीको व्यास नगरपालिकाका जनप्रतिनिधिहरुले सबैको शिर निहुर्याउने गरी गरेको मोजमस्तीको भिडियो सार्वजनिक भएको हो ।

उक्त भिडियोमा ३१ औं नगरसभाको निर्णय सार्वजनिक गर्न व्यास नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलन भनेर ब्यानर राखिएको छ । पत्रकार सकिएलगत्तै नगर प्रमुखसहित नगरसभा सदस्य मदिरा सेवन गर्दै मस्तीमा झुमेमा छन् । भिडियोमा यो सबै दृष्य प्रष्ट देख्न सकिन्छ । भिडियोमा नगर प्रमुख केही सदस्यसँग नाचगानमा मस्त देखिएका छन् । नगरसभा सकिएलगत्तै नगरपालिकाको सभाकक्षमै दारु पार्टी चलेको थियो ।

जसमा नगर प्रमुख, केही वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्य उपस्थित छन। उनीहरुले वल्ड दरबार ह्विस्की पिउँदै नाचगान गरेको भिडियोमा हृर्न सकन्छ। दृश्यमा कर्मचारीले वल्ड दरबार ह्विस्की सर्भ गरेको प्रष्टै देखिन्छ। सभाको प्रवेश द्वारकै छेउ मा ह्विस्कीका भरी बोतल राखिएका छन् । स्थानीय एक दैनिकले यस विषयमा समाचार सार्वजनिक गरेपछि अहिले यो तस्बिर र भिडियो भाइरल भइरहेको छ ।